About Us

भगवान गौतम बुद्धको शान्ति संदेशको महत्व र उपयोगिताको व्यवहारमा रुपान्तरित गरि बुद्ध धर्म, संस्कृति, दर्शन र सभ्यता पुनर्स्थापित नभएसम्म राष्ट्रको सर्वान्गीण विकाश हुन र विश्वमा शान्ति कायम हुन नसक्ने यथार्थलाई आत्मसात गरि बुद्ध धर्म र संस्कृतिको पुनरुत्थान गरि बुद्ध धर्मवालाम्बिहरु को बीचमा एकता करी सनातान्देखी चली आएको मुलुकको अन्य धर्मवालाम्बिहरुसंग धार्मिक सहिष्णुता र सदभाब स्थापित गर्न नेपाल सरकारको सिमित स्रोत र साधनले मात्र असम्भब भएको कुरामा विश्वस्त भइ शान्तिका नायक भगवान बुद्धको शान्ति-संदेश, बुद्ध धर्म, संस्कृति र समाज सेवाको माध्यम्द्दरा नेपाल राज्यको सर्वान्गीं विकास गर्न र विश्वमा शान्ति स्थापित गराउन विशुद्द समाज सेवाको भावनाले अभिप्रेरित एउटा गैरसरकारी संस्थाको अपरिहार्य आवशेक्तालाई हृदय गमन गरी राष्ट्र निर्माणको महायज्ञ पुरा गरि विश्वमा शान्ति स्थापित गराउने पवित्र उद्देश्यले मुलुकका विभिन्न क्षेत्र, तह र तप्काका विविध पेशामा सम्बद्द मगर व्यक्तित्वोहरु मिति २०५७ साल चैत्र २८, २९ र ३० गते भएको प्रथम राष्ट्रिय भेलाको माग, सुझाब र निष्कर्ष बमोजिम नेपाल मगर बुद्ध सेवा समाज नामक स्थापना गरिएको हो |
संस्थाको कार्यक्रम
- विधानको धारा ५ मा उल्लेखित उदेश्य प्राप्त गर्न संस्था द्दारा निम्न लिखित कार्यक्रम र गतिविधिहरु संचालन गरिनेछ |
- बुद्ध धर्म एवं संस्कृति फाँटका विविध विधाहरुमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरि उत्कृष्ट रचना तथा कृतिहरु प्रकाशित गर्ने / गराउने |
- बुद्ध धर्म र संस्कृति अभिवृदि गराउनको लागि बुद्ध धर्म एवं संस्कृतिको बिषयमा छलफल कार्यक्रम,प्रवचन, विचार गोष्ठी, सम्मेलन र भेला आयोजना गरि सो बाट पारित प्रस्ताब र निस्कर्ष समेत कार्यान्वयन गर्ने / गराउने |
- भगवान बुद्धका शन्देशहरु अबलम्बन गर्ने तर्फ समाजलाई आकृष्ट गर्न जनचेतना मुलक कार्यक्रम संचालन गर्ने |
- विश्वमा बुदध दर्शन स्थापित गर्न राष्ट्रिय/अन्तरास्ट्रिय स्तरका कार्यक्रमहरु संचालन गर्ने |
- बुद्ध धर्मको क्षेत्रमा बिशेषयोगदान पुर्याएका व्यक्तिहरुलाइ कदर पत्र र पुरस्कारहरु समेत प्रदान गरि सम्मानित गर्ने |
- संस्थाको नाम मा छात्रवृत्ति कोष खडा गरि गरिब तथा जेहेन्दार विद्धार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने |
- बुद्ध धर्म सम्बन्धि पुस्तकालय स्थापना गरि संचालन गर्ने गराउने |
- बुद्ध धर्मसंग सम्बद राष्ट्रिय ,क्षेत्रीय र अन्तरास्ट्रिय संघ-संस्था हरु संग समन्वय कायम गरि सहयोग को आदान प्रदान गर्ने गराउने |
- संस्थाले आश्रय दिन र संरक्षकत्व प्रदान गर्ने व्यक्तिहरुको आश्र्यस्थलको लागि प्रचलित नेपाल कानुन अब्मोजिम जग्गा प्राप्त फ्री वा भाडा वा लिजमा लिई आवश्यकताअनुसार नेपालका विभिन्न स्थलहरुमा विहार, गुम्बा ,चैत्य र पातु ,पौवा समेत निर्माण गर्ने वा भाडामा लिने |
- समाजमा व्याप्त धर्मगत एवं जातिगत आधारमा हुने भेदभावको अन्त्य गर्न आवश्यक योजना तर्जुमा गरि कार्यान्वयन गर्ने/गराउने |
- बुद्ध धर्म विषयमा अध्ययन गर्न,गराउन सम्बन्धित निकायको स्वीकृति लिई विद्यालय,महाबिध्यालय विश्वबिद्यालय र प्रशिक्षण केन्द्र स्थापना गरि संचालन गर्ने / गराउने |
- संस्थामा आश्रित व्यक्तिहरुलाई रोजगारमूलक तालिम दिने / दिलाउने |
- संस्थाका एकाईहरुमा समन्वय ल्याई तिनीहरुको गतिविधिमा एकरुपता कायम गर्ने |
- संस्थाका सदस्यहरुमा आचार संहिता जारि गरि लागु गर्ने |
- चल-अचल सम्पत्ति आर्जन गर्ने,संस्थाको कार्यमा खर्च गर्ने आवश्यकता अनुसार करार गर्ने, कर्मचारी र सल्लाहकार नियुक्त गर्ने र संगठित संस्थाले गर्नसक्ने अन्य सबै काम गर्ने |
- संस्थाको हित संरक्षण गर्न यस विधान र प्रचलित नेपाल कानुनले प्रदान गरेको अख्तियारी प्रयोग गर्ने र
- संस्थाको उदेश्य पुरा गर्नको लागि आवश्यक पर्ने सम्बन्धित,प्रासंगिक र सहायक हुने सबै कार्यहरु गर्ने / गराउने |