पृष्ठभूमिः
नेपालमा मगरजातिको जनसंख्या राष्ट्रिय जनगणना २०६८ को अनुसार १८ लाख ८६ हजार भन्दा बढी भएको पाईन्छ । तर यो संख्या २२ लाखको हाराहारीमा रहेको मगर सम्बद्ध संघ संस्था र विज्ञहरुको दावी छ । ईतिहास केलाएर हेर्दा मानव सभ्यताको विकासक्रमसंगै अन्य जातिहरु जस्तै मगरहरु प्रकृति पूजक भएको पाइन्छ । कालान्तरमा हिन्दू धर्म अतिक्रमणले मगरहरुलाई हिन्दु धर्म अंगाल्न बाध्य बनाएको देखिन्छ । समयसंगै मगरहरुमा पनि शैक्षिक, सांस्कृतिक तथा राजनैतिक जागरणको प्रभावले आफनो इतिहास र धर्म संस्कृतिको खोजी थालनी भएको हो ।
सम्पूर्ण मगरहरुको आस्थाको केन्द्र, नेपाल मगर संघकोे २०५५ आश्विन १, २ र ३ गते झापा जिल्लाको विर्तामोडमा आयोजना भएकोे अन्र्तराष्ट्रिय सम्मेलनले मगरहरुको जातीय धर्म, बुद्ध धर्म हो भन्ने ऐतिहासिक निर्णय गरे पछीमगरहरुले बुद्ध धर्मको सघनअध्ययन, अनुशन्धान शुरु गरेको र बौद्ध संस्कारअन’सरणगर्दै व्यवहारिक जीवनमा उतार्न थालेकाछन् । मगरहरुमा बुद्ध धर्म पुनरोत्थानमा ऐतिहासिक भुमिका निर्वाह गर्नुहुने इतिहासविद एम.एस.थापामगर, पुर्व मन्त्री स्व.गोरे बहादुर खपांगीमगर लगायत अगुवा मगरहरुको दुरदर्शी परिकल्पनाकै प्रतिफल नै नेपाल मगर बुद्ध सेवा समाज गठन संभव भएको हो । हाल ५५ जिल्लाहरुमा, जिल्ला समितिहरु गठन भै सकेका छन् । यिनै समितिहरु मार्फत मगरहरुमा बौद्ध धर्म प्रचारप्रसार गरिदै आएको छ । समाजले, केन्द्र, जिल्ला,गाउ“नगर तथा प्रारम्भिक समितिहरु निर्माण गरेर बुद्ध शिक्षा संस्कारलाईजीवन पद्धति बनाउने प्रयास गरिरहेको छ ।
नेपाल मगर बौद्ध सेवा समाजले पोखरामा, २०७२ चैत्र १३, १४ र १५ गते अन्र्तराष्ट्रिय मगर बौद्ध सम्मेलन आयोजना गर्न सफल भयो । समाजको भावि परिकल्पना प्रति गम्भिर रहदै सम्पन्न सम्मेलनले पोखरा घोषणा मध्ये केन्द्रीय बौद्ध विहार निर्माण गर्ने संकल्प गरयो । सोही अनुसार समाजले आफनो परिकल्पनालाई संस्थागत गर्न यो अवधारणा पत्र प्रस्त’तगरेको छ ।
मङ्गलनालन्डा विहार निर्माणको केही प्रधान उद्देश्यहरुः
१. बुद्ध धर्म, शिक्षा, दर्शन, परम्परा र संस्कृतिको संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धनलाई संस्थागत गर्न ।
२. परियत्ति विद्यालय संचालन गर्न ।
३. बालकबालिकाहरुलाई बुद्ध धर्मको मौलिक पद्धति अनुसार गुणस्तरीय शिक्षाबाट नैतिकवानबनाउन ।
४. समुदायलाई बुद्ध धर्मबाट सुसंस्कृत र समृद्ध बनाउन ।
५. बुद्ध धर्म सम्बन्धि गहन प्रशिक्षण, तालिम र शिविर आयोजना गर्न ।
६. समुदायबाट प्रव्रजित संघ सदस्यहरुलाई संरक्षण गर्न ।
७. भिक्ष’ अनागरिका उत्पादन गर्न ।
सो परिकल्पनालाई कायानर््वयनार्थ समाजका केन्द्रीय अध्यक्ष क्या. देउ बहादुर रानामगरज्युको संयोजकत्वमा आर्थिक योजना मस्यौदा प्रस्ताव तयार समिति गठन भएको छ ।
आर्थिक योजना मस्यौंदासमिति
संयोजक क्या.देउ बहादुर रानामगर
सदस्य हरिशंकर थापामगर
सदस्य टेक बहादुर पुनमगर
सदस्य कमल थापामगर
सदस्य पूर्ण बहादुर तरामीमगर
सदस्य मधुमालती बुढाथोकीमगर
सदस्य डब बहादुर गर्बुजा पुनमगर
गठित समितिलाई मङ्गल नालन्डा विहार निर्माणका लागि आर्थिक योजना प्रस्ताव तथा गुरु योजनासहितको अवधारणा पत्र तयार गर्ने जिम्मेवारी गत २०७३ आश्विन १५,१६र १७ गते कपिलवस्त’मा बसेको केन्द्रीय बैठकले प्रदान गरेको छ ।
मङ्गल नालन्डा विहार निर्माणको परिकल्पना बौद्ध चक्रपथ भित्र रहेतापनि विशेषत बुद्ध जन्मभुमि, कपिलवस्तु राज्य, मावली नवलपरासी र बुद्ध अस्तु क्षेत्र रामग्रामलाई लक्षित गरिएकोे छ । जस अनुसार जग्गा पहिचान र खरिद गर्ने प्रारम्भिकसमिति पनि देहाय बमोजिम गठन भएको छ ।
जग्गा पहिचान तथा जग्गा खरिद समिति
संयोजक डबबहादुर गर्बुजा पुनमगर
सदस्य जीतबहादुर रानामगर
सदस्य मनुमाया थापामगर
सदस्य कूलबहादुर पल्लीमगर
सदस्य गोविन्द थापामगर
सदस्य अमर बहादुर थापामगर
जग्गाको न्यूनत्तम क्षेत्रफल ५ विघा र मुल्य (प्रतिविघा १ करोडले) ५ करोड लाग्ने अनुमान गरिएको छ ।
गुरु योजनामा निम्न अंगहरुको निर्माण गर्न जमिनको उपयोग गरिनेछ
१. धार्मिक पक्ष:
धर्म हल, भिक्षु आवास, श्रामणेर आवास, साझा अध्ययन हल, विपश्यना हल, बुद्ध प्रतिमा तथा आध्यात्मिक बगैंचा )
२. शैक्षिक पक्ष:
विद्यालय भवन, बहुउपयोगी पुस्तकालय, खुला सभा मैदान )
३. प्रशासनिक तथा व्यवस्थापकीय पक्ष:
कार्यालय भवन, अतिथी गृह, होस्टेल (आगन्तुक विद्यार्थी) ब्लक, बहुउपयोगी सभाहल, मिनी सभाहल, पानी टेंकी, किचन तथा भोजनालय,गेस प्लान्ट, पार्किङ्ग क्षेत्र )
४. पर्यावरणीय तथा खाद्यान्न पक्ष:
सिमसार क्षेत्र, जंगल क्षेत्र, कृषि क्षेत्र माथि उल्लेखित अंगहरु निर्माण गर्न रु ५ करोड बजेटको अन’मान गरिएको छ ।
त्यस्तै ग’रुयोजना तयार गर्न र अन्य प्रारम्भिक खर्च लगायत संचालन खर्च करिव २ करोड लाग्ने अन’मान गरिएको छ ।
(गुरुयोजनाकोसाईट प्लान)
(नेपाल सरकारको मान्यता प्राप्त ईन्जिनियरबाट ग’रुयोजनाको डिजाईन गराईनेछ । योजनालाई लाग्ने अन’मानित बजेट सन्दर्भमा भुमि, भवन निर्माण र संचालन गरी १२ करोड को बजेटाकार अनुमान गरिएको छ । जग्गा खरिद कार्य सम्पन्न भएपछि गुरुयोजनाको नक्सा वनाउन आरम्भ हुने छ । ग’रुयोजनाको हरेक कार्यहरु टेण्डर विधिलाई अपनाउदै पारदर्शिता कायम गरिने छ । )
श्रोतहरु
गुरुयोजना सम्पन्न गर्न निम्नानुसारले श्रोत व्यवस्थापन गरिने योजना रहेको छ ।
क्र.संं श्रोत शीर्षक रकम
१ एक मगर रु.१,००। अभियान अन्र्तगत
(५ लाख मगरह रु.१,००÷–) ५०० लाख
२ विदेशी मगर सम्बद्ध संघसंस्थाहरुबाट । १०० लाख
३ विदेशी तथा स्वदेशी बौद्ध संघसंस्थाहरुबाट । १०० लाख
४ स्वेच्छिक दान । १०० लाख
५ विभिन्न दातृ निकाय । १५० लाख
६ अनुदान (नेपाल सरकार) बाट । १०० लाख
७ व्यापारी तथा व्यवसायिक प्रतिष्ठानहरुबाट । १०० लाख
८ विभिन्न कार्यक्रम तथा शान्ति अभियानबाट । ५० लाख
जम्मा १२००लाख
श्रोत संकलनका उपायहरु
१. डिजिटल माध्यम (टि.भी च्यानल,अनलाईन मिडिया, समाजको अफिसियल वेभसाईट),सामाजिक संजालको
प्रयोग गरिनेछ ।
२. राष्ट्रिय छापा (पत्र पत्रिका) मा साझा अपिल तथा विज्ञापन गरिनेछ ।
३. सरकारी निकाय लगायत विभिन्न व्यक्ति, संघ संस्थाहरु, व्यवसायिक निकायमा आर्थिक सहयोगको लागि अनुरोध
गरिनेछ ।
४. नेपाल सरकारबाट मान्यता प्राप्त वित्तिय संस्थामा खाता संचालन गरि स्वेच्छिक सहयोगका लागि आव्हान
गरिने छ ।
५. बौद्ध समाजद्वारा आर्थिक कार्यक्रम अन्तर्गत घर दैलो अभियान संचालन गरिने छ ।
६. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बौद्ध संघसंस्थाहरुसंग सहयोगको लागि अनुरोध गरिने छ ।
७. एक मगर रु.१०० अभियान संचालन गरिने छ ।’’
संकलित रकमको हरहिसाब र परिचालन विधि:
१) संकलित रकमको परिचालन तथा सो को हरहिसाव राख्ने दायित्व मङ्गल नालन्डा विहार निर्माण समितिको रहनेछ र उठेको रकमको आयव्यय द’रुस्त राख्न र लेखा नियमान’सार सो को आवश्यकता अन’सार मान्यता प्राप्त लेखा परिक्षकबाट लेखा परिक्षण गराउने जिम्मा समेत रहनेछ ।
२) परियोजना संचालनको लागि राष्ट्रिय स्तरको वाणिज्य बैंकमा परियोजनाको नाममा चल्ती खाता खोलिनेछ र सम्पूर्ण निर्माण कार्य सम्बन्धि रकम जम्मा र भुक्तानी पुर्णत बैंकिग प्रक्रियाबाट गरिने छ ।
३) पारियोजनाको अनुगमन परियोजनाको अन’गमन रसुपरिवेक्षणको लागि मगर ब’द्ध सेवा समाज बाहिरका लव्ध प्रतिष्ठित र कार्यानुभव भएको कम्तिमा ५ व्यक्तिहरुको समिति गठन गरिनेछ ।
निष्कर्षः
यो अवधारणा पत्र, समाजले परिकल्पना गरेको मङ्गल नालन्डा बुद्ध विहारको लागि प्रथम पटक समाजको कपिलवस्तु बैठकले स्वीकृती प्रदान गरे पछि अगाडी वढाईएको छ । यसको बहुआयामिक पूर्णताका लागि सम्बन्धित विज्ञहरु को परामर्शको आधारमा परिमार्जन गर्दै लगिने छ ।